काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा तथा निर्वाचन वैशाख २१ र २२ गते हुने भएको छ ।
चैत २९ र ३० गतेका लागि तोकिएको निर्वाचन एवम् साधारण सभा उच्च अदालत पाटनले रोकेको थियो ।
बस्तुगत तर्फको सदस्य पेट्रोलियम ढुवानी महासंघको उजुरीपछि अदालतले निर्वाचन रोकेको हो । आज महासंघको पदाधिकारी बैठक बसेर उक्त निर्णय गरेको हो ।