काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ ९एफएनसीसीआई) र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूबीच अर्थतन्त्रमा उत्पन्न समस्या एवं समाधानका उपायहरूका विषयमा छलफल भएको छ ।
छलफलमा महासंघका अध्यक्ष गोल्छाले अर्थतन्त्रको पछिल्लो अवस्थाका बारेमा जानकारी गराए । बाह्य क्षेत्रमा केही सुधार देखिएपनि अर्थतन्त्रको आन्तरिक स्वास्थ्य भने चिन्ताजनक रहेको बताए ।
सार्कमा कतिपय देशको तुलनामा विदेशी मुद्रा संचिति, मुद्रास्फिति, आन्तरिक एवं वाहय ऋणको अनुपातका हिसावले नेपालको अर्थतन्त्र मजवुत देखिएपनि चर्को व्याज दर, तरलता संकट, निर्माण क्षेत्रमा आएको सुस्तता लगायतका इन्डिकेटरका कारण अर्थतन्त्रको स्वास्थ्य चिन्ताजनक रहेको प्रष्ट पारे ।
अर्थतन्त्र गम्भीर संकटमा हुनुमा सरकारको आर्थिक नीति र केन्द्रीय बैंकको मौद्रिक नीति बीच तादात्म्यता नहुुनुु भएको उनको भनाइ छ । कोभिड लगत्तै ओभर हिटेड भएको अर्थतन्त्रको सही विश्लेषण गरेर नीति लिनुु पर्नेमा त्यसमा विचार नगरी अधिक तरलता छोड्दा अहिलेको समस्या आएको अध्यक्ष गोल्छाले बताए ।
यसरी अर्थतन्त्रमा संकट आउंदा न हामीले पर्याप्त मात्रामा बाह्य लगानी ल्याउन सक्यौ न त वाह्य ऋण नै । दल तथा सरकार वितरणमुखी भैदिंदा अर्थतन्त्रमा समस्या आएको हो, अध्यक्ष गोल्छाले भने, विकास खर्च नबढेसम्म देश अगाडी बढ्दैन ।
अहिलेको संकट समाधान गर्ने हो भने वितरणमुखी कार्यलाई रोकेर विकास खर्च बढाउनै पर्छ र यसका लागि कठोर निर्णय लिनैपर्छ, त्यसमा दलहरूको सहयोग अपरीहार्य रहेको उनको भनाइ छ ।
अध्यक्ष गोल्छाले सहकारी तथा लघुवित्त संस्थाहरुको प्रभावकारी नियमन गर्ने इस्यूलाई संसदमा प्रभावकारी ढंगबाट उठाउनुु पर्ने सुुझाव राखे । सहकारी तथा लघुवित्त संस्थाको अनुुगमन नहुंदा पनि अहिलेको समस्या आएको उनले प्रष्ट पारे ।
भेटमा स्वतन्त्र पार्टीका सांसदहरुले निजी क्षेत्रका समस्या, उद्योग व्यवसाय सिथिल हुंदै जानुको कारण, श्रम बजारका समस्या, रोजगारीका अवसर सिर्जना, आयात निर्यात बीचको फासला कम गर्न चाल्नुु पर्ने उपाय, कृषिको क्षेत्रको विकास, वाह्य लगानी आकर्षणमा गर्नु पर्ने प्रयास लगायतमा जिज्ञासाहरु राखे ।
FACEBOOK COMMENTS