काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघमा सधैँ नै विवादित विषय बन्ने गरेको छ । “महासंघलाई सबै जिल्ला नगरबाट समेत नेतृत्वमा आउन सक्ने बातावरण बनाउने वा केहि व्यवसायको मात्र हालि मुहालि बनाउने ” यहि विवादले अहिले महासंघ फेरि तातिएको छ ।
अहिले पशुपति मुरारका समुहले आफ्नो स्वार्थसिद्ध गर्न अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नरहने मस्यौदा तैयार पारेको छ । मुरारकाले तोकेको संयोजक पूर्व अध्यक्ष कुशकुमार जोशीले मस्यौदा अध्यक्ष शेखर गोल्छालाई विहिबार हस्तान्तरण गरेका हुन् । जोशी त्यहि विवादित ब्यक्ति हुन् जसले छोटो दुरीको हेटौंडा–कुलेखानी–काठमाडौं सुरुङमार्ग ९काठमाडौं हेटौडा फास्ट्रयाकको ० नाममा महासंघलाई भजाएर सर्वसाधरणको करोडौं रुपैँया कुम्लाएका थिए ।अहिले यहि समुह महासंघमा सलबलाउन थालेको छ भने मुरारका राज्यलाई तिर्न पर्ने अर्बौं रकम तिर्नबाट बच्न महासंघ कब्जामा राखि राख्न हरदम प्रयासरत छन् ।
अहिले महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वत अध्यक्षको लागि निर्वाचित भैसकेकाले अहिले प्रत्यक्ष अध्यक्षको बहस नै उपयुक्त नहुने कानुन विदहरुको भनाई छ । पछिको एजेण्डा पछिकै अध्यक्षले साधारण सभामा लैजाने कुरा हो तर अर्को अर्थमा के अहिलेको बर्तमान अध्यक्ष शेखर गोल्छा असफल भएको हो रु यहि प्रश्नहरुको बिच मुरारका र जोशिको नाजायज गठबन्धनले एकचोटी फेरि महासंघ भित्र बबाल शुरु भएको छ ।
जोशिले बुझाएको मस्यौदामा अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुने र वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष नै नरहने उल्लेख छ । समितिले यतिसम्म पनि भेउ पाउन सकेको छैन आगामी अध्यक्षका लागि वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल कायम छन् ।यस अर्थमा कानुनी मान्यता पाउन ढकाललाई निर्विरोध अध्यक्ष कायम गर्न सक्नुपर्छ । तर अघिल्लो चुनावको माईनटले नै ढकाललाई अध्यक्ष बन्ने बाटो दिईसकेको छ भने अर्को पाटो संघ संस्थामा कोषाध्यक्ष अनिवार्य जस्तो मानिन्छ । यसैको मनन् गरेर यो भन्दा पहिलो साधारण सभाले कोषाध्यक्ष राख्ने प्रावधान राखेको थियो ।
कहिँ नभएको जात्रा हाँडी गाँउमा भने झैँ दुई उपाध्यक्ष मध्ये १ जना महिला अनिवार्य र अर्को उपाध्यक्षलाई नै कोषको जिम्मेवारी दिने गरी विधान तयार गरिएको छ । यसले मुरारकाले आफ्ना विपक्षका सबैलाई अध्यक्ष र उपाध्यक्ष बन्न रोक्ने र केहि व्यक्तिको हालि मुहालि गराउने मेसो पदाधिकारीहरुले पाएपछि पदाधिकारी बैढकबाट विधान मस्यौदालाइ ‘रिजेक्ट’ गरी सकेको विधान मस्यौदालाई फेरि पत्रकार सम्मेलन गरेर नाटक मञ्चन गर्नुले महासंघमा मुरारकाको कठपुतली बन्न पुगेको अध्यक्ष गोल्छाको नेतृत्व समेत अब सदस्यहरुले विरोध गरेर नहटाउन्लान् भन्न सकिदैन ।
FACEBOOK COMMENTS