नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वका लागि दाबेदार रहेका धेरै हस्तीहरूले ५७औँ महाधिवेशनमा हार व्यहोरेका छन् । महासंघको भावी नेतृत्वका लागि लगातार लड्दै आएका व्यवसायीका नेता उमेशलाल श्रेष्ठदेखि महासंघको राजनीतिमा राम्रो पकड जमाएकाहरूले हार व्यहोरेका छन् ।
उनीहरूले आगामी नेतृत्वका लागि अहिलेको पदाधिकारीमा जानुपर्ने बाध्यताकाबीच निर्वाचनमा पराजित भएका हुन् । जस्तो वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने नियम जस्तै वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिन पनि पदाधिकारी भित्रबाट मात्रै सम्भव हुन्छ । त्यसैले महासंघको राजनीतिमा अध्यक्ष, उपाध्यक्ष तथा अन्य पदभन्दा वरिष्ठ उपाध्यक्ष महत्वपूर्ण बनेको छ ।
वरिष्ठ उपाध्यक्षका लागि तीन जना उपाध्यक्ष र कोषाध्यक्षबाट उम्मेदवार हुन पाउने प्रावधान छ । त्यसैले पनि महासंघको निर्वाचनमा करोडौँको खेल हुने चर्चा हुँदै आएको छ । महासंघभित्र चलेको राजनीतिदेखि विभिन्न चलखेलका बाबजुद पनि ५७औं महाधिवेशनमा धेरै संघर्ष गर्दा पनि जित हुन सकेन । निर्वाचनमा पराजित उम्मेदवारहरूको संक्षिप्त चर्चा गरिएको छ ।
रामचन्द्र संघाई
उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार बनेका संघाई त्रिवेणी ग्रुपका निर्देशक हुन् । तीन पुस्तादेखि उनको परिवार व्यवसायमा संलग्न छ । उनको लगानी निर्माण सामग्री क्षेत्रमा छ । सिमेन्ट, त्रिवेणी स्पिनिङ, धागो उत्पादन, ग्यास, जडीबुटी प्रशोधन उद्योग, टोकला चियालगायतमा उनको लगानी छ ।
उनी ट्रेडिङतर्फ डिटरजेन्ट, बिस्कुट, तेल, जुस, घरायसी उपकरणको विक्रेता हुन् । यस्तै मसलाजन्य वस्तुको उत्पादन तथा बिक्रीवितरणमा पनि उनको लगानी छ । बैंक तथा वित्तीय क्षेत्रअन्तर्गत एनआईसी एशिया बैंक, आईएमई प्रुडेन्सियल इन्स्योरेन्स, नेपाल लाइफ इन्स्योरन्स र महालक्ष्मी विकास बैंकमा उनको लगानी छ ।
उमेशलाल श्रेष्ठ
महासंघको ५७औं अधिवेशनमा वरिष्ठ उपाध्यक्षका उम्मेदवार रहेका उमेशलालले फेरि पनि हार व्यहोरेका छन् । उनी नेकपा एमालेका संस्थापक नेता पुष्पलाल श्रेष्ठ तथा साहना प्रधानका छोरा हुन् । सक्रिय राजनीतिबाट टाढा रहेका उनी महासंघको नेतृत्वमा आउन धेरै नै पापड बेल्नु प¥यो । उनी सक्रिय राजनीतिमा भएको भए सांसद मन्त्री भइसक्ने ल्याकत राख्ने वइक्ति हुन् ।
उनी उद्योग–व्यवसाय क्षेत्रका नेता हुन् । काठमाडौंमा जन्मिएका उमेशलालको बालापन पोखरामा बित्यो । त्यसबेला आमा साहना पोखरामा अध्यापन गर्थिन् । आमाको जागिरका कारण उनले प्राथमिक शिक्षा पोखरामै बिताए । उनले माध्यमिक तह भने काठमाडौं र स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट पूरा गरे । उनले हेक्सल फर्मास्युटिकल्स नामकको कम्पनीमा जागिर खाए । ‘हेक्सलमा ७ वर्ष बिताएपछि आफैंले औषधि उत्पादन कम्पनी दर्ता गरेँ । उनले २०५६ सालमा खोलेको ‘क्वेष्ट फर्मास्युटिकल्स’ अहिले नेपालको एउटा प्रमुख औषधि उद्योग हो,’ उनले भने ।
उनी महासंघको उपाध्यक्ष, तीन कार्यकाल सदस्य र नेपाल औषधि उत्पादक संघको अध्यक्ष रहेर काम गरे । तर, लगातार दुईपटकको निर्वाचनमार्फत महासंघको नेतृत्वमा आउन नसकेपछि चैत्र ३० गते प्रज्ञा भवनमा आयोजित एक कार्यक्रममा उनले सबलाई चकित पार्दै कडा भाषण दिए । महासंघको राजनीतिमा हुने फोहोरी राजनीतिदेखि उम्मेदवार बन्न पैसाको खोलो बगाउने जुन चलन चलि आएको छ, त्यो रोक्न उनले आफ्नो उम्मेदवारी रहेको भने पनि उनी आफैं पैसाको खोला बगाएर पनि निर्वाचित हुन सकेनन् । राजनीतिक परिवारमा जन्मिएका उनलाई राजनीति भने कहिल्यै फापेन ।
पहिलो चरणमा निर्वाचनमा ५१ प्रतिशत मत ल्याउन नसकेपछि वरष्ठि उपाध्यक्षका उम्मेदवार अन्जन श्रेष्ठलाई समर्थन गर्दै महासंघको राजनीतिबाट बाहिरिए । उनको भनाईलाई आधार मान्दा उनी महासंघको राजनीतिमा अब नफक्र्ने बताउँछन् । तर, महासंघमा हुने राजनीति भने रोक्न आफूले सक्दो प्रयास गर्ने बताएका छन् ।
सुकुन्तलाल हिराचन
युनाइटेड बिल्डर्सका अध्यक्ष सुकुन्तलाल हिराचन त्रिपुरेश्वरमा रहेको वल्र्ड ट्रेड सेन्टर निर्माण गरेर सञ्चालन गरिरहेका छन् । हिराचनलाई महासंघका तत्कालीन अध्यक्ष शेखर गोल्छाले कोषाध्यक्षमा ल्याएका थिए । कोषाध्यक्षका रूपमा रहँदा उनले महासंघलाई बलियो बनाउने काम गरेका थिए ।
हिराचन नेपाल निर्माण व्यवसायी महासंघमा दुई कार्यकाल अध्यक्ष भइसकेका व्यक्ति हुन् । साथै, दुई कार्यकाल महासचिवको रूपमा जिम्मेवारी निर्वाह गरेका थिए । हिराचन उद्योग वाणिज्य महासंघमा समेत पाँच कार्यकाल कार्यकारिणी सदस्य र एक कार्यकाल कोषाध्यक्ष भइसकेका व्यक्ति हुन् । तर, ५७औं अधिवेशनमार्फत महासंघको नेतृत्वका लागि अघि बढेका उनलाई पनि ठेस लागेको छ ।
अरुणराज सुमार्गी
मकवानपुर उद्योग वाणिज्य संघले जिल्ला अध्यक्ष हुँदै महासंघको राजनीतिमा प्रवेश गरेका अरुणराज सुमार्गी उद्योग वाणिज्य संघको केन्द्रीय सदस्य भएर काम गरेको अनुभव छ । केन्द्रीय सदस्य हुँदै महासंघको राजनीतिमा प्रवेश गरेका उनी ५७औं अधिवेशनमार्फत उपाध्यक्ष बन्ने ठूलो लक्ष्यका साथ निर्वाचनमा होमिएका थिए । हेटौंडामा रहेर आफ्नो व्यावसायिक क्षेत्रमा सफल भएका उनी महासंघको जिल्ला–नगर उपाध्यक्ष पदमा उठेका थिए । व्यवसायीहरूको समस्याहरूलाई गम्भीरताका साथ लिनाका साथै समस्याको सहजै निकास निकाल्ने क्षमता उनमा छ ।
नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका सुमार्गीको सार्थक सोच, अद्वितीय कार्यकौशलता तथा व्यवस्थापकीय क्षमताका कारण छोटो समयमा नै स्थापित हुन सफल भए । यसरी एक प्रतिष्ठित व्यावसायिक प्रतिष्ठान खडा गर्न सफल सुमार्गीलाई सम्भावना बोकेका व्यवसायी नेताका रूपमा समेत हेरिँदै आइएको छ । सुमार्गीमा निहित प्रबल सोच, काम गर्ने तौरतरिका र सबल नेतृत्वदायी भूमिका उनका सकारात्मक पक्ष र प्रमुख विशेषता समेत हुन् । भावी दिनमा महासंघलाई हाँक्न सक्ने क्षमता भएको नेताको रूपमा समेत उनलाई हेरिएको समयमा उनको हारले थप महासंघको नेतृत्वमा पुग्न अझै केही समय कुर्नुपर्ने अवस्था बनेको छ ।
दिनेश श्रेष्ठ
नेपाल उद्योग वाणिज्य महासंघका हालका उपाध्यक्ष दिनेश श्रेष्ठ झण्डै २ दशकदेखि उद्योग वाणिज्य महासंघमा कार्यसमिति अन्तर्गत विभिन्न भूमिकामा रहँदै आएका छन् । साना तथा मझौला व्यवसायीका समस्या समाधान गर्न आफूले गरेका कामहरू नै विजयको प्रमुख आधार भएको श्रेष्ठ बताउँछन् । महासंघको सबैभन्दा महत्वपूर्ण कार्यक्षेत्र भनेको जिल्ला नगर उद्योग वाणिज्य संघ रहेको भन्दै श्रेष्ठले यही ठाउँबाट सशक्त अभियान सञ्चालन गर्नका लागि जिल्ला नगरतर्फको उपाध्यक्षमा पुनः दाबेदारी दिएको उनको भनाइ छ ।
नेपालका एक प्रतिष्ठित उद्योगी श्रेष्ठ काठमाडौंको इन्द्रचोकमा व्यावसायिक पृष्ठभूमिकै परिवारमा जन्मिएका थिए । व्यावसायिक परिवारमा जन्मिएका कारण सानैदेखि व्यवसायमा धेरैथोरै संलग्न रही व्यवसायलाई बुझ्न पाए । श्रेष्ठ आफैँले पूर्ण रूपमा वि.स. २०३६ देखि व्यवसाय सम्हाल्न थालेका हुन् । आयातबाट व्यवसाय सुरू गरेका उनले आयातमा सफलता प्राप्त गरेपछि निर्यातजन्य सामान उत्पादनतर्फ लागे । सोही बमोजिम उनले गार्मेन्ट उद्योग सञ्चालनमा ल्याए । विसं २०४४ मा शैक्षिक सामग्री उत्पादन गर्ने उद्योग सञ्चालन गरे । त्यसपछिको केही समय उनी अटोमोबाइल व्यवसायमा पनि संलग्न भए । हाल श्रेष्ठ मुख्य रूपमा हाते टुल्स, अफिस इक्वीपमेन्ट तथा विभिन्न इक्वीपमेन्टहरू नेपाली बजारमा उपलब्ध गराउने व्यवसायमा संलग्न छन् ।
उनी हाल प्यासिफिक ग्रुपका मुख्य सञ्चालक पनि हुन् । उक्त प्यासिफिक ग्रुपअन्तर्गत हाल कागजजन्य शैक्षिक सामग्रीहरू उत्पादन गर्ने अशोका कार्बन एण्ड अलाइड कम्पनी, सार्प कर्पोरेसन, प्यासिफिक कमर्सियल, श्रेष्ठ इन्टरनेशनल टे«डिङ कन्सर्नलगायत कम्पनीहरू सञ्चालनमा छन् । यसैगरी स्वास्थ्य शिक्षाको क्षेत्रमा केही पहल गर्नुपर्छ भन्ने मान्यताले सञ्चालनमा आएको नेपालगञ्ज मेडिकल कलेजको समेत उनी अध्यक्ष छन् ।
FACEBOOK COMMENTS