काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ नेपाल सरकारपछि सबैभन्दा ठूलो व्यावसायिक सञ्जाल भएको संस्था हो । यसले देशका व्यवसायी र उद्योगीहरूको प्रतिनिधित्व गर्दै अर्थतन्त्रमा मत्त्वपूर्ण भूमिका खेल्छ । हाल महासंघ आफ्नो विधान संशोधनको प्रक्रियामा रहेको छ । यही २५ गते विशेष अधिवेशन गर्दै विधान संशोधनको तयारीमा जुटेको हो ।
विधान संशोधनले संस्थालाई थप प्रभावकारी, समावेशी र वर्तमान आर्थिक आवश्यकता तथा चुनौतीहरूसँग मेल खाने बनाउने उद्देश्य राख्न सक्छ । यसमा महासंघका विभिन्न सदस्यहरूको सहभागिता, नयाँ नीति समावेश गने तथा संस्थाको सांगठनिक संरचनामा सुधार गर्ने कुराहरू रहेका छन् ।
अहिलेको मूल विषय वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको विधानलाई यथावत् राख्ने वा परिर्वतन गर्ने भन्ने रहेको छ ।
नेपाल उद्योग वाणिज्य महासंघमा अहिले चन्द्रप्रसाद ढकाल अध्यक्षको भूमिकामा छन् । उनको नेतृत्वमा महासंघले विभिन्न आर्थिक सुधार, नीति निर्माण र व्यवसाय प्रवर्द्धनका क्षेत्रमा सक्रिय योगदान दिएको छ ।
आगामी अध्यक्षका रूपमा अञ्जन श्रेष्ठलाई चयन गरिसकिएकाले महासंघको नेतृत्व निरन्तरता र स्थायित्वमा सकारात्मक संकेत गरेको छ । अञ्जन श्रेष्ठलाई अनुभवी र योग्य नेतृत्वकर्ता मानिन्छ, जसले नेपाली उद्यमशीलता र आर्थिक विकासलाई थप गति दिन सक्ने विश्वास गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्व छनोट प्रक्रियामा समयसँगै सुधारका लागि विभिन्न सुझावहरू आएका छन् । अहिलेको अभ्यासअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने प्रावधान छ, जसलाई कतिपयले नेतृत्वको निरन्तरताका लागि सकारात्मक मान्छन् । तर, सिधै अध्यक्षको प्रत्यक्ष चुनाव गरिनुपर्छ भन्ने माग पनि तीव्र छ ।
प्रत्यक्ष चुनावबाट अध्यक्ष चयन गर्दा महासंघको लोकतान्त्रिक अभ्यासलाई थप बल पुग्न सक्छ र व्यवसायीहरूको प्रत्यक्ष सहभागिता र स्वामित्व बढ्ने सम्भावना हुन्छ । यसका लागि अध्यक्षको अहिले रहेको ३ वर्षे कार्यकाललाई २ वर्षमा झार्ने सम्भावनासमेत रहेको छ ।
आगामी नेतृत्वका लागि दाबेदारी गरिरहेका हालका वस्तुगत उपाध्यक्ष हेमराज ढकाल, एसोसियट उपाध्यक्ष ज्योत्सना श्रेष्ठ र जिल्ला नगर उपाध्यक्ष सुरकृष्ण वैद्य भने अन्योलको अवस्थामा रहेका छन् । उनीहरू आगामी चुनावमा दोहोरिने वा फेरि पनि एउटै पदमा चुनाव लड्ने अन्योलमा रहेका देखिन्छन् ।
महासंघमा हाल कायम रहेको विधानअनुसार अध्यक्ष पदमा दोहोर्याएर उम्मेदवारी दिन मिल्दैन । एक कार्यकाल पूरा गरेपछि अध्यक्षले पुनः सोही पदका लागि चुनाव लड्न नपाउने प्रावधान छ । यसले नेतृत्वमा निरन्तर नयाँ सोच र दृष्टिकोण ल्याउने उद्देश्य देखिन्छ ।
तर, महासंघको विधान संशोधनले यो प्रावधान परिवर्तन हुने सम्भावनालाई पनि नकार्न सकिँदैन । यदि अध्यक्ष वा अन्य पदाधिकारीहरूले दोहो¥याएर उम्मेदवारी दिन सक्ने प्रावधान थप गरियो भने त्यसले अनुभव र निरन्तरताका लागि अवसर दिन सक्छ । तर, यसले नेतृत्वमा विविधता र नयाँ नेतृत्वको विकासमा चुनौती ल्याउन सक्छ ।
यो विषयमा सदस्यहरूको राय र महासंघको लोकतान्त्रिक अभ्यासकै आधारमा निर्णय हुनेछ ।
FACEBOOK COMMENTS