काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले नेपालजस्तै मुलुकहरूले विकासमा फड्को मारिसक्दा पनि नेपाल पछाडि परिरहनु चिन्ताको विषय भएको बताएको छ ।
आज बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा महासंघका तर्फबाट उपस्थित वरिष्ठ उपाध्यक्ष अञ्ज श्रेष्ठले आफ्ना कुराहरू राख्ने क्रममा देशको विकास हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेका हुन् ।
उनले सरकार, स्वदेशी निजी क्षेत्र र विदेशी लगानी अत्यन्त न्यून हुँदा देशको विकास हुन नसकेको औंल्याएका छन् । लगानीसम्बद्ध एकीकृत कानुन, एकमात्र नियमन गर्ने निकाय, सहजीकरण र एकीकृत सेवाको व्यवस्थापनविना लगानी वृद्धि नहुने र लगानी वृद्धि नहुँदा देशको विकासले गति नलिने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
यस्तै, उनले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक भइसकेको र त्यसमा निजी क्षेत्रले उठाएका कतिपय विषयहरू समेटिएको सन्दर्भमा आगामी वर्षको बजेटले लगानीलाई प्रोत्साहन गर्ने अपेक्षा गरेको स्मरण गराएका छन् । जटिल अन्तर्राष्ट्रिय आर्थिक परिवेश, मुलुकको टड्कारो आवश्यकता र सर्वसाधारणको निराशालाई कम गर्न यसपटकको बजेटले केही महत्वपूर्ण र दूरगामी महत्वका विषयहरू समेट्नुपर्ने धारणा महासंघको रहेको पनि उनले जानकारी दिएका छन् ।
यीनै विषयवस्तुलाई केन्द्रविन्दुमा राखी महासंघले तयार पारेको केही महत्वपूर्ण सुझावहरू निम्नानुुसार रहेका छन्–
FACEBOOK COMMENTS