काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कम्बोडियन फेडेरेसन अफ एम्प्लोयर्स एन्ड बिजनेस एशोसिएसन ९क्याम्फेबा० का बीच द्विपक्षीय व्यापारिक सहकार्यलाई सुदृढ गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारीको उपस्थितीमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल र क्याम्फेबाका उपाध्यक्ष सोक लोरले २०२५ जुन १० मा स्वीट्जरल्यान्डको जेनेभामा सो समझदारीपत्रमा हस्ताक्षर गरे ।
समझदारीपत्रमा दुवै पक्षले रोजगारी, श्रम कानुन, व्यवसायका उत्कृष्ट अभ्यासबारे जानकारी साझेदारी, तालिम, अनुसन्धान, र क्षमता अभिवृद्धिका संयुक्त कार्यक्रमहरू सहित र लगानी प्रवद्र्धनलाई जोड दिइने उल्लेख छ ।
समझदारीपत्रमा बिटुबी सहकार्यलाई प्राथमिकता तथा दुवै संस्थाले व्यापारिक साझेदार पहिचान, व्यावसायिक मञ्च बिच सहकार्य र लगानीका अवसरबारे आ–आफ्ना सदस्यहरूलाई सहयोग गर्ने प्रतिबद्धता उल्लेख गरिएको महासंघका अध्यक्ष ढकालले बताए ।
यस्तै सम्झौता अनुसार उद्यमशीलता, औद्योगिक सम्बन्ध, मानव संशाधन, व्यावसायिक सुरक्षा, सीप विकास, र लगानी प्रवद्र्धनमा संयुक्त पहल गरिने उनले जानकारी दिए ।
यस्तै क्याम्फेबाका उपाध्यक्ष सोक लोरले महासंघ र क्याम्फेबाले महासंघ र क्याम्फेबाका बीचमा भएको यो समझदारीले नयाँ अवसर सिर्जना, बलियो सञ्जाल, र क्षेत्रीय सहकार्यको मार्ग प्रशस्त गर्ने विश्वास व्यक्त गरे ।
समझदारीको प्रभावकारी कार्यान्वयनका लागि नियमित परामर्श र आवश्यक कार्य व्यवस्था मिलाइने भएको छ । यो सम्झौता हस्ताक्षर भएको मितिबाट लागू भई ९० दिनको सूचनामा रद्द गर्न सकिनेछ प्रावधान छ । यो साझेदारीले नेपाल र कम्बोडियाबीच आर्थिक सहकार्य गहिरो बनाई समावेशी व्यापारिक वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।
समझदारी पत्र हस्ताक्षर समारोहमा महासंघका उपाध्यक्ष ज्योत्स्ना श्रेष्ठ , कार्यकारिणी सदस्य बाबुकाजी कार्की र क्याम्फेबाका कार्यकारी निर्देशक तेप सोफोआनको पनि उपस्थिती रहेको थियो । यो सम्झौता दुई देशका व्यापारिक समुदायबीच सहकार्य र लगानी प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास गरिएको छ ।
FACEBOOK COMMENTS