काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा तीन जना व्यवसायी मनोनीत भएका छन् ।
मनोनीत हुनेहरूमा राजकुमार न्यौपाने, सरस्वती राई र कमल कुमार श्रेष्ठ छन् ।
न्यौपाने महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य तथा मकवानपुर उद्योग वाणिज्य संघका पूर्वध्यक्ष, श्रेष्ठ महासंघका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य एवम् सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा राई नेपाल हब्र्स एण्ड हर्बल उत्पादक संघका अध्यक्ष एवम् महासंघको महिला उद्यमी विकास समितिका उसभापति हुन् ।
तिनै नै जनालाई महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको विधानको दफा २९ को उपदफा २९.२ को खण्ड (च) १० अनुसार कार्यकारणी समितिमा मनोनयन गरेका हुन् ।
अध्यक्ष ढकालले मनोनीत तीनै जना सदस्यहरुबाट महासंघको गतिविधिलाई प्रभावकारी बनाउन सहयोग प्राप्त हुने विश्वास गरेका छन् ।
