![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2024/07/corporatekhabar-800x200-1.jpg?fit=800%2C200&ssl=1)
![](https://i0.wp.com/corporatekhabar.com/wp-content/uploads/2023/06/IME-Life-1200x100-1.gif?fit=1200%2C100&ssl=1)
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसिया (एनआईसीसी) बीच द्धिपक्षीय सम्झौता भएको छ ।
आइतबार सुरु भएको लगानी सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेशनल चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्री अफ मलेसिया (एनआईसीसी) बीच व्यापार र लगानी प्रवर्द्धनका लागि सम्झौता भएको हो ।
एफएनसीसीआईका अध्यक्ष चन्द्रप्रसाद ढकाल र एनसीसीआईका अध्यक्ष दातो सो दियान लाइले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
आइतबारदेखि राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा सुरु भएको छ । ५५ भन्दा बढी देशका प्रतिनिधीहरु सहभागी छन् ।
FACEBOOK COMMENTS