काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मधेश प्रदेशको अध्यक्षमा विजय साह निर्विरोध निर्वाचित भएका छन् ।
एफएनसीसीआईका पूर्व केन्द्रीय कार्यकारिणी सदस्य र मटिहानी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष रहेका साह नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल समूहका हुन् ।
यसअघि गण्डकी र कर्णाली प्रदेशमा चन्द्र ढकाल समूहका उम्मेदवारहरू निर्विरोध निर्वाचित भइसकेका छन् । प्राप्त जानकारी अनुसार गण्डकीमा नरेश कँडेलको प्यानलै निर्विरोध निर्वाचित भएको छ भने कर्णालीमा धनबहादुर राउत अध्यक्ष निर्वाचित भएका छन् ।
एफएनसीसीआईको साधारण सभा आगामी २९ र ३० गते तोकिएको छ । केन्द्रमा अध्यक्ष चन्द्र प्रसाद ढकाल र वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले छट्टाछुट्टै समूह निर्माण गरी निर्वाचन प्रचार–प्रसार गरिरहेका छन् ।