काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला/नगर र वस्तुगततर्फ निर्वाचन सकिएकाे छ भने एसोसिएटतर्फ निर्वाचन चलिरहेकाे छ ।
महासंघको चुनावमा अहिलेसम्म जम्मा १३७२ मत खसेको छ । एसोसिएटतर्फ १ हजार १३२ मत खसेको छ भने जिल्ला/नगरतर्फ ११७ र वस्तुगततर्फ १२३ मत खसेको प्रमुख निर्वाचन अधिकृत लिलामणी पौडेलले जानकारी दिए । पौडेलका अनुसार जिल्ला/नगरतर्फ र वस्तुगततर्फ शतप्रतिशत मत खसेको हो ।
बुधबार विहान १० बजेदेखि सुरु भएको मतदान पाँच बजेसम्म जारी छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुनेछन् । वरिष्ठ उपाध्यक्षमा वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई उम्मेदवार रहेका छन् ।
त्यस्तै जिल्लारनगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जना चुनावी मैदानमा रहेका छन् ।
आज जारी निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् ।
जिल्लारनगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ ।
प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।
महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ । तर, अहिले चुनावी प्रतिपस्र्पधामा रहेका वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुमध्ये कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा धेरै मत पुर्याउन मुस्किल पर्ने देखिएको छ ।
कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पु¥याएनन् भने पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ ।
जसअनुसार दोस्रो चरणको मतदान बिहीबार बिहान ११ देखि बेलुका ५ बजेसम्म फेरि हुने महासंघले जनाएको छ । निर्वाचनले आगामी ३ वर्षका लागि वरिष्ठ उपाध्यक्षसहितका केन्द्रीय सदस्यको नयाँ नेतृत्व चयन गर्नेछ ।
हालका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष हुँदैछन् । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने भएकाले महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्षलाई महत्वका साथ हेरिँदै आएको छ ।
FACEBOOK COMMENTS