काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सबै प्रदेशको निर्वाचन सम्पन्न भएको छ । निर्वाचनबाट सबै प्रदेशले पदाधिकारी पाएको छ ।
निर्वाचनबाट बागमती प्रदेशको अध्यक्षमा बेदबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश कमिटीको नवौँ प्रदेश सभाअन्तर्गत मंगलबार भएको निर्वाचनमार्फत उनी अध्यक्ष निर्वाचित भएका हुन्
अध्यक्ष निर्वाचित श्रेष्ठ सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष हुन् । निर्वाचनबाट कोशी प्रदेशको अध्यक्षमा राजेन्द्र राउत निर्वाचित भएका छन् । यस्तै मधेश प्रदेशको अध्यक्षमा बिजय कुमार शाह निर्वाचत भएका छन्् भने गण्डकी प्रदेशको अध्यक्षमा नरेश कडेल निर्वाचित भएका छन् ।
निर्वाचनमा लुम्बिनी प्रदेशको अध्यक्षमा ठाकुर कुमार श्रेष्ठ, कर्णाली प्रदेशको अध्यक्षमा धन बहादुर रावत र सुदुर पश्चिम प्रदेशको अध्यक्षमा पुष्पराज कुँबर निर्वाचित भएका छन् ।