काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको सातवटै प्रदेश च्याप्टरले नयाँ नेतृत्व पाएको छ ।
हालै सम्पन्न निर्वाचन प्रक्रियामार्फत प्रदेशहरूले नयाँ नेतृत्व पाएको हो ।
जस अनुसार कोशी प्रदेशमा राजेन्द्र राउत, मधेश प्रदेशमा विजय कुमार साह, बागमती प्रदेशमा बेदबहादुर श्रेष्ठ, गण्डकी प्रदेशमा नरेश कँडेल, लुम्बिनी प्रदेशमा ठाकुर कुमार श्रेष्ठ, कर्णाली प्रदेशमा धनबहादुर रावत र सुदूरपश्चिम प्रदेशमा पुष्पराज कुँवर निर्वाचित भएका छन् ।
यसअघि कोशीमा राजेन्द्र राउत, मधेशमा अशोक कुमार तेमानी, बागमतीमा दिलसुन्दर श्रेष्ठ, गण्डकीमा अमृत भट्टचन, लुम्बिनीमा कृष्ण प्रसाद शर्मा, कर्णालीमा पदम बहादुर शाही र सुदूरपश्चिममा शङ्करबहादुर बोगटी अध्यक्ष थिए ।