काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सर्वोत्तम सिमेन्टको प्रमोटर शेयर खरिद प्रकरणमा वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालको नाम जोडेर आएको समाचारमा ध्यानाकर्षण भएको जनाएको छ । नेपाल धितोपत्र बोर्डमा महासंघकोतर्फबाट प्रतिनिधिको रुपमा सञ्चालक रहने व्यवस्था अनुसार महासंघले वरिष्ठ उपाध्यक्ष ढकाललाई मिति २०७७/०८/३० गते नेपाल धितोपत्र बोर्डको प्रतिनिधि तोकेको र उहांको बोर्ड बैठकमा मिति २०७७/१०/११ देखिमात्र उपस्थिति रहेको व्यहोरा जानकारी गराउंछौं।
उहाँसंग उहाँका भाइ हेमराज ढकालले वरिष्ठ उपाध्यक्ष ढकाल धितोपत्र बोर्डमा प्रतिनिधि बन्नु अगावै ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुनुपूर्व तथा धितोपत्र बोर्डमा सञ्चालकको रूपमा उपस्थित हुनुभन्दा झण्डै दुई महिना अगाडि मिति २०७७/०८/१४ मा) गरिएको शेयर कारोबारकोे विषयलाई जोडेर आएका भ्रामक समाचारले संस्था तथा व्यक्तिको प्रतिष्ठामा गम्भिर पु¥याउने हँुदा सत्यतथ्य बुझेरमात्र समाचार सम्प्रेषण हुन महासंघ आग्रह समेत गर्दछ ।
FACEBOOK COMMENTS