काठमडौं । फोनपे पेमेण्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सोमबार एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा साधारणसभा सम्मपन्न भएको हो ।
कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू पारित गरी फोनपेका शेयरधनीहरूलाई गत असार मसान्तमा कायम रहेको चुक्ता पुँजीको १०.५३ प्रतिशत नगद लाभांश (करसमेत) वितरण गर्ने निर्णय गरेको छ ।
साथै आव २०८१/८२ को लेखापरीक्षणका लागि एनबीएसएम एण्ड एसोसियट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।
FACEBOOK COMMENTS