काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड र कर्मचारी सञ्चय कोष (ईपीएफ) बी एपीआई आधारित होस्ट-टू-होस्ट (एच-टू-एच) भुक्तानीको सुविधा प्रदान गर्न एक महत्त्वपूर्ण साझेदारी भएको छ।
यो इन्टेग्रेशनले कर्मचारी सञ्चय कोषको एप (ईआरपी) प्रणालीलाई फोनेपेको भुक्तानी प्रणालीसँग जोडेको छ । यसो गर्दा कर्पोरेट भुक्तानीहरू जस्तैः व्यवसायदेखि ग्राहक (बी-टू-सी), व्यवसायदेखि व्यवसाय (बी-टू-बी) र व्यवसायदेखि सरकार (बी-टू-जी) सम्मको भुक्तानी सरल अनि सजिलो भएको छ । साथै यो व्यवस्थाले फोनपेको इन्टरओपरेबल बिलर प्लेटफर्ममार्फत सापटीहरूबाट प्राप्त रकम संकलन गर्न कर्मचारी सञ्चय कोषलाई सक्षम बनाउनेछ ।
यस रणनीतिक साझेदारीको फलस्वरूप अब कर्मचारी सञ्चय कोषमा आबद्ध सदस्यहरूले मोबाइल बैंकिङ एप्स, इन्टरनेट बैंकिङ र ओम्नी च्यानल वेबसाइटहरूमार्फत सजिलै आफ्नो भुक्तानी गर्न सक्नेछन् । आधुनिक डिजिटल भुक्तानी पूर्वाधार जस्तैः होस्ट-टू-होस्ट (एच-टू-एच) भुक्तानी इन्टेग्रेशनले कर्पोरेट भुक्तानीहरूका साथै विभिन्न वित्तीय प्रक्रियाहरूलाई पनि सरल बनाउने गरेको छ ।
कर्मचारी सञ्चय कोषसँगको यो साझेदारी प्रयोगकर्ताहरूका लागि वित्तीय पहुँच र दक्षता बढाउने फोनपेको लक्ष्यसँग प्रतिबद्ध रहेको भन्दै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमारले भने, ‘हामीले डिजिटल भुक्तानी समाधानहरूलाई एकीकृत गरेर प्रयोगकर्ताहरूलाई केवल सुविधा मात्र दिइरहेका छैनौं, हामी डिजिटल नेपाल बनाउने लक्ष्यमा पनि सक्रिय रूपमा योगदान गरिरहेका छौं । यो साझेदारीले हाम्रो प्रतिबद्धताअनुरू वित्तीय सेवाहरूलाई सबै नेपालीहरूका लागि थप पहुँचयोग्य र ग्राहकमैत्री बनाएको छ । हामीले यस साझेदारीमार्फत धेरै नयाँ भुक्तानी समाधानहरू पनि प्रस्तुत गर्ने लक्ष्य राखेका छौं ।’
कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रमुख प्रबन्धक दर्शन भट्टराईले भने, ‘फोनपेसँगको सहकार्य हाम्रो वित्तीय सेवाहरूलाई आधुनिकीकरण गर्ने रणनीतिक कदम हो । कर्मचारी सञ्चय कोषअन्तर्गत सापटीहरूमा डिजिटल भुक्तानी सेवा सुचारूले हाम्रो सदस्यहरूको भुक्तानी प्रक्रियालाई सहज र छिटो बनाउनेछ । यस साझेदारीले हाम्रा योगदानकर्ताहरूलाई फाइदा पुर्याउने नवीन समाधानहरू अपनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ ।’
फोनपेबारे
फोनपे नेपाल राष्ट्र बैंकद्वारा इजाजतपत्र प्राप्त र नियमन गरिएको नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली सञ्चालक हो । एफ वान सफ्ट समूहको सहायक कम्पनी फोनपे एक आईएसओ/आईईसी २७००१:२०२२ प्रमाणित कम्पनी हो । फोनपेले बैंक तथा वालेटका ग्राहकहरूका साथै व्यवसायहरूलाई छिटो, सुरक्षित र भरपर्दो डिजिटल नगदरहित भुक्तानी सेवाहरू दिँदै नगदरहित अर्थतन्त्रमा योगदान पुर्याउन सक्रिय प्रयासहरू गर्दै आएको छ । फोनपे, भुक्तानी प्रणालीको पहुँचलाई फराकिलो बनाउन, सञ्चालनमा थप दक्षता हासिल गर्दै प्रविधिको प्रयोगमार्फत मोबाइल भुक्तानी नेटवर्कमा नयाँ आविष्कारहरू ल्याउनमा केन्द्रित छ ।
कर्मचारी सञ्चय कोषबारे
अहिलेको समयमा कर्मचारी सञ्चय कोषले उत्कृष्ट सामाजिक सुरक्षा सेवाहरू दिन प्रतिबद्धता देखाएको छ । डिजिटल प्रविधिलाई अपनाएर उसले आफ्ना सेवाहरूलाई छिटो, पहुँचयोग्य र सदस्यहरूका खुसीका लागि सुधार गरेको छ । कोषको अनलाइन प्लेटफर्मले सदस्यहरूलाई लाभ आवेदनदेखि वास्तविक समय भुक्तानीसम्मका सेवा सजिलै पहुँच गर्न मद्दत गर्छ । आधुनिक प्रविधिको प्रयोगले कोषले प्रतीक्षा समय घटाउँदै र प्रक्रियाहरू सजिलो बनाउँदैछ, जसले गर्दा सदस्यहरूले छिटो र सजिलै सहायता पाउँछन् । कर्मचारी सञ्चय कोषम सदस्य र समुदायलाई राम्रो सेवा दिन निरन्तर डिजिटल समाधानहरू सुधार गरिरहेको कोषले जनाएको छ ।
FACEBOOK COMMENTS