काठमाडौं । नेपालको पहिलो खाना डेलिभरी सेवा प्रदायक कम्पनी फुडमाण्डुले ‘लाइफ अझै बेटर’ भन्ने नारासहित ग्राहकहरूको दैनिकीलाई अझ सहज र सुखद बनाउन नयाँ प्रतिबद्धता व्यक्त गरेको छ।
सन् २०१० देखि सेवा दिँदै आएको फुडमाण्डुले गुणस्तरीय र छिटो सेवा मार्फत हजारौं ग्राहकहरूको रोजाइ बन्दै आएको छ। कम्पनीले केवल खाना डेलिभरीमा मात्रै सीमित नरही ग्राहकहरूको जीवनलाई सरल, सुविधाजनक र रमाइलो बनाउन समेत योगदान पुर्याइरहेको छ।
फुडमाण्डुकी ब्रान्ड एण्ड मार्केटिङ म्यानेजर इनेशा भट्टराईका अनुसार विगत १४ वर्षदेखि कम्पनीले ग्राहकहरूको दैनिकीमा सहजता ल्याउने उद्देश्यसहित सेवा विस्तार गर्दै आएको छ। “हामीले डेलिभर गर्ने खाना केवल परिकार हैन, त्यो खुशी, सुविधा र आत्मीयता पनि हो,” उनले भनिन्।
उनका अनुसार व्यस्त कार्यदिवसको समयमा खानादेखि सप्ताहन्तका जमघटहरूसम्म फुडमाण्डुले ग्राहकहरूको आवश्यकतालाई सधैँ प्राथमिकतामा राख्दै सेवा पुर्याइरहेको छ।
हाल फुडमाण्डुले काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, बुटवल र पोखराका हजारौं घरमा खाना डेलिभर गर्दै आएको छ। कम्पनीले १,००० भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरेको छ भने ‘वनमार्ट’ सेवा मार्फत खाद्यान्न, ग्रोसरी लगायत दैनिक उपभोग्य सामग्री पनि तुरुन्तै घरमै पुर्याइरहेको छ।
फुडमाण्डुको लक्ष्य आगामी दिनमा अझ धेरै सहरमा सेवा विस्तार गर्दै प्राविधिक नविनता थपेर ग्राहकहरूको अनुभवलाई अझ सशक्त बनाउने रहेको छ।
FACEBOOK COMMENTS