काठमाडौँ । नेपालको पहिलो र सबैभन्दा लोकप्रिय फूड डेलिभरी कम्पनी फूडमान्डुले आफ्नो सेवा प्रदान गरेको १३ औं वर्ष पूरा गरेको छ । आजसम्म आइपुग्दा फूडमान्डुको लोकप्रियता बढ्न’का साथ साथै अनलाइन फूड अर्डर गर्न चाहने जो कोहिको लागि पहिलो रोजाई हुन सफल भएको छ ।
यस अवसरमा बोल्दै फूडमान्डुका संस्थापक तथा म्यानेजिङ डाइरेक्टर मनोहर अधिकारीले भने , “फूड डेलिभरीलाई सहज बनाउने उद्देश्यका साथ हामीले आजभन्दा १३ वर्ष अगाडि फूडमान्डुको शुरुवात गरेका थियौँ । आजको दिनसम्म हाम्रा प्रयोगकर्ताहरूले दिनुभएको साथ र मायाले हामी अत्यन्तै प्रभावित छौँ । हामी सदैव हाम्रा ग्राहकलाई स्वादिष्ट परिकार घरमै पुयाउन र उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिवद्ध छौँ । हाम्रो आजसम्मको यात्रामा साथ दिनुभएकोमा सम्पूर्ण ग्राहकवर्ग र हाम्रो साझेदारहरुप्रति हामी आभारी छौँ ।”
यसै गरी फूडमान्डुका मार्केटिङ तथा ब्राण्ड प्रमुख श्याम रत्न मालीले भने, “ फूडमान्डु आफ्नो किशोरावस्थाको पहिलो वर्षमा प्रवेश गरिसकेको छ, जुन हामी सबैको लागि महत्वपूर्ण कोशेढुंगा हो । हाम्रो यो कोसेढुङ्गासम्म ल्याइपु¥र्याउनुहुने हाम्रा ग्राहकहरुलाई धन्यवाद दिनको लागि हामीले “टिन इयर म्याजिक” अफर ल्याएका छौँ । यो अफर अन्तर्गत हामीले कम्बोमा ५१ प्रतिशत सम्म छुट, बाइ वान गेट वान फ्री र अन्य थुप्रै रेस्टुरेन्टहरूमा २५ प्रतिशत सम्म फ्ल्याट छुट सहित विभिन्न अफरहरू प्रदान गरिरहेका छ । यसका साथै हामीले वार्षिकोत्सवको दिनमा अर्थात कार्तिक २५ मा प्रत्येक अर्डरमा प्रोमो कोड “त्भभलथ्भबचःबनष्अ” को प्रयोगमा थप १३ प्रतिशत छुट पनि दिइरहेको जनाएको छ ।
FACEBOOK COMMENTS