काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले ताजिकिस्तानमा हुने एएफसी यू-२३ पुरुष फुटबल एशिया कप छनौट खेल्ने टिमको घोषणा गरेको छ । मुख्य प्रशिक्षक नविन न्यौपाने २३ सदस्यीय खेलाडीको घोषणा गरेका हुन् ।
यू(२३ नेपाली टिममा गोलकिपरमा कृष्णा मोक्तान, अमित टमटा र विशाल केसी रहेका छन् भने डिफेन्डरमा विवेक गुरुङ, विशाल नेपाली, लहान सुब्बा, निगम लामा, राम थापा, शंकर थारु र सेमन्त थापा रहेका छन् ।
त्यस्तै मिडफिल्डरमा अभिषेक सेङटाङ, आयुष घलान, आरोन थापा, निरज कार्की, दीपेश गुरुङ, कृतिश रत्न चुञ्जु, पुजन थापा, सञ्जीव लामा, सन्तोष खत्री, सुजन मगर र सुमित श्रेष्ठ रहेका छन् भने फरवार्डमा रोहन खड्गी र निरजन धामी रहेका छन् ।
एएफसी यू(२३ पुरुष फुटबल एशिया कपको छनौटमा नेपाल समुह के मा रहेको छ । नेपालसहित यस समुहमा ताजिकिस्तान, फिलिपिन्स र सिरिया रहेका छन् । नेपालले सेप्टेम्बर ३ मा ताजिकिस्तान, सेप्टेम्बर ६ मा सिरिया र सेप्टेम्बर ९ मा फिलिपिन्ससँग खेल्ने तालिका रहेको छ ।
समुह चरणका खेलपछि शिर्ष स्थानमा रहने देश यू-२३ एशिया कपमा छनौट हुने छ भने समुहमा दोस्रो स्थानमा रहने शिर्ष चार देशपनि एशिया कपमा छनौट हुने छन् ।
FACEBOOK COMMENTS