काठमाडौँ । अल नासरले साउदी प्रो लिग अन्तर्गत आफ्नो अपराजित यात्रा कायम राखेको छ ।
शनिबार राति सम्पन्न खेलमा अल नासरले नेओम एससीलाई ३-१ गोल अन्तरले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रा कायम राखेको हो ।
अल नासरको जितमा एंगेलो गाब्रियल, क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले एक एक गोल गरेका थिए । त्यस्तै नेओमका लागि एक गोल अहमद अबडो जाबेरले गरेका थिए । यस खेलमा लुसियानो रोड्रीगेजले खेलको ५६औं मिनेटमा रातो कार्ड पाएपछि नेओम १० खेलाडीमा सिमित भएको थियो ।
यो जितपछि अल नासरको ८ खेलमा २४ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै नेओमको ८ खेलमा १३ अंक रहेको छ र लिगमा हाल सातौं स्थानमा रहेको छ ।

FACEBOOK COMMENTS