काठमाडौं । म्यानचेस्टर सिटी विजयी लयमा फर्किएको छ । इङलिश प्रिमियर लिग अन्तर्गत गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले लिभरपुलमाथि ३-० को शानदार जित हासिल गरेको हो ।
म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्ड, निको गोन्जालेज र जेरेमी डोकुले एक एक गोल गरेका थिए । यो जितपछि महत्वपूर्ण तीन अंक हासिल गर्दै म्यानचेस्टर सिटी ११ खेलमा २२ अंकसहित लिगको दोस्रो स्थानमा उक्लिएको छ ।
त्यस्तै लिभरपुल भने ११ खेलमा १८ अंकसहित आठौ स्थानमा झरेको छ । प्रिमियर लिगमा आर्सनल ११ खेलमा २६ अंकसहित शिर्ष स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS