काठमाडौँ । पोर्चुगलले फिफा यु-१७ विश्वकप फुटबलको उपाधि जितेको छ ।
गएराती कतारको अल रेयानस्थित खलिफा अन्तर्राष्ट्रिय रंगशालामा भएको फाइनलमा अस्ट्रियालाई १-० गोल अन्तरले पराजित गर्दै पोर्चुगलले पहिलो पटक यू(१७ विश्वकपको उपाधि जितेको हो । पोर्चुगलको जितमा खेलको ३२औं मिनेटमा एनिसियो काब्रालले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो ।
बिनो मकाइसको प्रशिक्षकत्वमा रहेको पोर्चुगल यु(१७ टोलीले पहिलो पटक युवा प्रतियोगिता जितेपछि कतारमा २०२५ फिफा यु(१७ विश्वकप पोर्चुगिज फुटबलमा नयाँ इतिहास बनाएको छ ।
पोर्चुगलले ब्राजिलमाथि पेनाल्टी सुटआउटमा जित हासिल गरेर फाइनलमा पुगेको थियो भने अस्ट्रियाले इटालीलाई २(० ले हराएर फाइनल पुगेको थियो ।
पोर्चुगलले पहिलो पटक यू(१७ विश्वकप जितेको हो । फिफा यू(१७ विश्वकपको उपाधि सबै भन्दा बढी नाइजेरियाले ५ पटक जितेको छ भने ब्राजिलले ४ पटक, घाना र मेक्सिकोले २(२ पटक यो उपाधि जितेका छन् । त्यस्तै जर्मनी, फ्रान्स, सोभियत युनियन, साउदी अरेबिया, स्वीट्जरल्याण्ड र इङल्याण्डले एक एक पटक यो उपाधि जितेका छन् ।


FACEBOOK COMMENTS