काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टिम मैत्रीपूर्ण खेलमा चाइनिज ताइपेईसँग १–० ले पराजित भएको छ ।
इन्डोनेसियामा भएको खेलमा चाइनिज ताइपेईले दोस्रो हाफमा गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । खेलको ५३औं मिनेटमा केइ सिन हुवाङले गरेको गोल नै निर्णायक गोल बनेको थियो ।
यो जितसँगै चाइनिज ताइपेईले थ्री नेसन्स कपका दुवै खेल जितेर उपाधि जितेको छ ।
चाइनिज ताइपेईले यसअघि इन्डोनेसियालाई ५–० ले पराजित गरेको थियो । नेपाल भने दुवै खेलमा पराजित रह्यो । पहिलो खेलमा नेपाल इन्डोनेसियासँग २–१ गोल अन्तरले पराजित भएको थियो ।

FACEBOOK COMMENTS