काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले एटलेटिको म्याड्रिडलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । बार्सिलोनाको जितमा राफिन्हा, डानी ओल्मो र फेरान टोरेजले एक एक गोल गरेका थिए । त्यस्तै एटलेटिको म्याड्रिडका लागि एक गोल एलेक्स बाएनाले गरेका थिए ।
यो जितपछि बार्सिलोनाको १५ खेलमा ३७ अंक भएको छ र शिर्ष स्थानमा कायम छ । त्यस्तै दोस्रो स्थानमा रहेको रियल म्याड्रिडको भने १४ खेलमा ३३ अंक रहेको छ । त्यसैगरी एटलेटिको म्याड्रिडको भने १५ खेलमा ३१ अंक रहेको छ र चौथो स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS