काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत नोट्टीङघम फरेस्टले टोटनह्याममाथि शानदार जित हासिल गरेको छ ।
आइतबार राति सम्पन्न खेलमा नोट्टीङघमले टोटनह्यामलाई ३(० गोल अन्तरले पराजित गरेको हो । नोट्टीङघमको जितमा कलुम हड्सन ओडोइले दुई गोल गरेका थिए भने एक गोल इब्राहिम सांगारेले गरेका थिए ।
यो जितपछि नोट्टीङघमको १६ खेलमा १८ अंक भएको छ र लिगमा १६औं स्थानमा उक्लिएको छ । त्यस्तै टोटनह्यामको १६ खेलमा २२ अंक रहेको छ र लिगमा ११औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS