काठमाडौँ । इटालियन सिरी ए अन्तर्गत एसी मिलानले भेरोनाविरुद्ध शानदार जित हासिल गरेको छ ।
आइतबार सम्पन्न खेलमा एसी मिलानले भेरोनाविरुद्ध ३-० गोल अन्तरले जित हासिल गरेको हो । एसी मिलानको जितमा क्रिस्टोफर एनकुनकुले २ गोल गरेका थिए भने क्रिस्टियन पुलासिकले एक गोल गरेका थिए ।
यो जितपछि एसी मिलान लिगको शिर्ष स्थानमा उक्लिएको छ । मिलानको १६ खेलमा ३५ अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको इन्टर मिलानको १५ खेलमा ३३ अंक रहेको छ । त्यसैगरी भेरोनाको १६ खेलमा १२ अंक रहेको छ र लिगमा १८औं स्थानमा झरेको छ ।
FACEBOOK COMMENTS