काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिम लाओससँग पराजित भएको छ । एएफसी एसियन कप छनोटको तेस्रो चरणको अन्तिम खेलमा लाओसले नेपाललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
खेलको ४७औं मिनेटमा लाओसका बोउनफानचानले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो ।
यो जित पछि लाओसको ६ खेलमा ६ अंक भएको छ र समुहमा तेस्रो स्थानमा रहेको छ भने नेपालले ६ खेलमा ३ अंकसहित पुछारमा रहेको छ । नेपाल र लाओस दुवै छनौट चरणबाट भने यसअघि नै बाहिरिएका थिए ।
FACEBOOK COMMENTS