बुटवल । कोरोना महामारीका कारण स्थगित रुपन्देही जिल्लास्तरीय लिग फुटबल भोलिदेखि सञ्चालन हुने भएको छ । गत वर्ष वैखाख ७ गतेदेखि भएको खेलबाट छनोट भएका १० टीमबीच प्रतियोगिता सञ्चालन हुन लागेको हो ।
रुपन्देही जिल्ला फुटबल संघले बिहीबार पत्रकार सम्मेलन गरी लिगका दोस्रो चरणका खेलहरु भोलिदेखि पुस १० गतेसम्म सञ्चालन हुने जानकारी गराएको हो । बुटवलको देवीनगरस्थित एन्फा एकेडेमीमा शुक्रबार दिउँसो २ बजे हुने उद्घाटन खेलमा झरना स्पोर्टस् क्लब र सुनौलो संगम युवा क्लबबीच प्रतिस्पर्धा हुने जानकारी दिएका छन् ।
प्रतियोगिताको विजेता टिमले १ लाख, उपविजेता टिमले ५० हजार, तेस्रो हुनेले ३० हजार तथा चौथो हुनेले २० हजार रुपैयाँ पाउने संघका सचिव शंकर मल्लाहले जानकारी दिए । प्रतियोगितामा विधागत तर्फ उत्कृष्ट हुने ५ खेलाडीले ५ हजार रुर्पयाँका दरले पुरस्कार पाउनेछन् ।
FACEBOOK COMMENTS