काठमाण्डौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को अयोजनामा हुने १४ औं संस्करणको साफ पुरुष च्याम्पियनसिप फुटबल भोलि (बुधबार) बाट शुरु हुँदैछ।
साफ च्याम्पियनसिपको १४ औं संस्करण बुधबारबाट भारतको ब्याङ्गलोरस्थित श्री कांतिराव स्टेडियममा शुरु हुने भएको हो । च्याम्पियनसिपको उद्घाटन खेलमा कुवेतबिरुद्ध खेल्दै नेपालले प्रतियोगिताको शुरुवात गर्दैछ । नेपाल र कुवेतबिचको उद्घाटन खेल नेपाली समयानुसार बुधबार दिउँसो ३ः४५ बाट शुरु हुनेछ ।
च्याम्पियनसिपको पूर्व सन्ध्या अर्थात् मंगलबार भएको प्रि–म्याच कन्फरेन्समा बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसे नेपाल बलियो प्रतिद्वन्द्वीको सामना गर्न तयार रहेको बताएका छन् ।
प्रिम्याच कन्फरेन्समा बोल्दै प्रशिक्षक भिन्सेन्जोले भन, ‘अन्य प्रशिक्षको तुलनामा म मा अनुभव कम भएपनि मेरो टोलीको खेलाडीले उत्कृष्ट खेल्नेमा म विश्वस्त छु, बलियो विपक्षीको सामना गर्न पाउनु नेपाली टोलीको लागि लाम्रो कुरा हो यसमा हामी खुसी छनौं र हामी राम्रो खेल खेल्नेमा आशावादी छौं।’
यस्तै उनले साफको तयारीको लागि मिलेको कम समयमा पनि टोलीले राम्रो तयारी गरेको बताए । ‘हामीसँग तयारीको लागि पर्याप्त समय थिएन तर हामीले फिलिपिन्ससँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने मौका पायौं, यो पनि अनुभवको लागि राम्रो भयो,’ प्रशिक्षक भिन्सेन्जोले थपे।
साफको तायरीका लागि नेपालले गत साता फिलिपिन्ससँग एक मैत्रीपूर्ण खेल खेलको थियो । जुन खेलमा नेपाल १(० गोल अन्तरले पराजित भएको थियो । त्यसपछि नेपाली टोली उतैबाट साफ च्याम्पियनसिप खेल्न भारत पुगेको थियो ।
प्रतियोगितामा सहभागि हुने आठ राष्ट्रलाई दुई समूहमा विभाजन गरिएको छ। नेपाल च्याम्पियनसिपको समाूह ‘ए’ मा परेको छ । समूह ‘ए’ मा नेपालसँगै आयोजक भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् ।
नेपालले दोश्रो खेल असार ९ गते आयोजक भारत र समूह चरणको तेश्रो तथा अन्तिम खेलमा असार १२ गते पाकिस्तानविरुद्ध खेल्नेछ । भारतको ब्याङ्गलोरमा असार ८ गतेसम्म आयोजना हुने साफ च्याम्पियनसिपमा नेपालसँगै, भारत, कुवेत, पाकिस्तान, बंगलादेश, भुटान, मााल्दिभ्स र बंगलादेशले भाग लिदैछन् ।
साफ च्याम्यिनसिपमा नेपाल साविक उपविजेता हो । यो नै नेपाली टोलीको लागि दक्षिण एशियाली राष्ट्रको सर्वाधिक ठुलो प्रतियोगितामा साफमा ठूलो उपलब्धि हो । डेढ वर्षअघि माल्दिभ्समा सम्पन्न १३ औं संस्करणको प्रतियोगिताको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो ।
नेपालको टोलीः
गोलकिपरः किरण चेम्जोङ्ग, दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डरः विमल पाण्डे, सनिश श्रेष्ठ, अनन्त तामाङ्ग, देवेन्द्र तामाङ्ग, निशान्त खड्का, रोहित चन्द, सिमन्त थापा
मिडफिल्डरः पुजन उपरकोटी, अरिक विष्ट, नवीन लामा, मणिकुमार लामा, लकेन लिम्बु, आभास लामिछाने
फरवार्डः आयुष घलान, नवयुग श्रेष्ठ, दिपकराज सिंह ठकुरी, अन्जन विष्ट, मनिष डाँगी, आशिष चौधरी, विमल घर्ती मगर
FACEBOOK COMMENTS