काठमाडौं । नेपाल बंगलादेशसँग पराजित भएको छ ।
ढाकामा जारी साफ यू-२० महिला फुटबल च्याम्पियनसिप अन्तर्गतको अन्तिम खेलमा बंगलादेशसँग नेपाल ४-० गोल अन्तरले पराजित भएको हो ।
बंगलादेशको जितमा चारै गोल मोसाममात सगोरिकाले गरेकी थिइन् । उनले पहिलो हाफमा एक गोल गरेकी थिइन् भने दोस्रो हाफमा तीन गोल गरेकी थिइन् । यो जितसँगै बंगालदेशले साफ यू-२० महिला फुटबल च्याम्पियनसिप जितेको छ ।
नेपालले यो हारसँगै उपविजेतामा चित्त बुझाएको छ । नेपाल यस प्रतियोगितामा दुवै पटक बंगलादेशसँग पराजित भएको थियो ।
FACEBOOK COMMENTS