काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत चेल्सी क्रिस्टल प्यालेससँग बराबरीमा रोकिएको छ ।
गएराती सम्पन्न खेलमा चेल्सी र क्रिस्टल प्यालेस गोलरहित बराबरी खेलेका हुन् ।
निर्धारित ९० मिनेटमा गोल रहित बराबरी खेलेपछि दुवैले एक एक अंक बाँडेका छन् ।
त्यस्तै गएरातीनै सम्पन्न खेलमा नोट्टीङघम फोरेस्टले ब्रेन्टफोर्डलाई ३-१ गोल अन्तरले पराजित गरेर नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
FACEBOOK COMMENTS