काठमाडौँ । अल नासर साउदी सुपर कपको फाइनलमा पुगेको छ ।
मंगलबार हङकङमा सम्पन्न सेमिफाइनल खेलमा अल इत्तिहादलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
अल नासरको जितमा जोआओ फेलिक्स र साडियो मानेले एक एक गोल गरेका थिए । त्यस्तै अल इत्तिहादका लागि स्टेभेन बेर्गविन्ज्नले एक गोल गरेका थिए ।
यस खेलमा खेलको २५औं मिनेटमा साडियो मानेले रातो कार्ड पाएपछि अल नासर १० खेलाडीमा सिमित भएको थियो ।
अब अल नासर फाइनलमा दोस्रो सेमिफाइनलको अल अहली र अल क्वादसिआहबीचको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनल बुधबार हुने छ भने फाइनल खेल शनिबार हुने छ ।
FACEBOOK COMMENTS