काठमाडौं । नेपाल साफ यू-१७ च्याम्पियनसिप अन्तर्गत बंगलादेशसँग पराजित भएको छ । बिहीबार राति सम्पन्न खेलमा बंगलादेशले नेपाललाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
यो खेलपछि अब समुह ए बाट सेमिफाइनलमा पुग्ने टुंगो आइतबार हुने बंगलादेश र श्रीलंकाबीचको खेलपछि लाग्ने भएको छ । नेपालले यसअघि खेलेको खेलमा श्रीलंकालाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।
सेप्टेम्बर १५ देखि २७, २०२५ सम्म श्रीलंकामा आयोजना हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपालसहित बंगलादेश, श्रीलंका, भारत, पाकिस्तान, भुटान र माल्दिभ्स खेल्दैछन् । नेपाल समुह ए मा श्रीलंका र बंगलादेशसँग रहेको छ ।
त्यस्तै समुह बी मा भारत, पाकिस्तान, भुटान र माल्दिभ्स रहेका छन् । नेपालले अब दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्ने तालिका रहेको छ । समुह चरणका खेलपछि शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् ।
FACEBOOK COMMENTS