काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले लेभान्टेलाई पराजित गरेको छ ।
गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले लेभान्टलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
रियल म्याड्रिडको जितमा किलियन एम्बाप्पेले २ गोल गरेका थिए भने भिनिसियस जुनियर र फ्रान्को मास्तानटुओनोले एक एक गोल गरेका थिए । त्यस्तै एट्टा एयोंगले एक गोल गरेका थिए ।
यो ला लिगामा रियल म्याड्रिडको लगातार छैटौं जित हो । यो जितपछि ६ खेलमा १८ अंक भएको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लेभान्टेको ६ खेलमा ४ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
FACEBOOK COMMENTS