काठमाडौं । स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउनको लागि जुत्ता चप्पल व्यापार प्रवद्धन मेला १५ वैशाखदेखि १० जेठसम्म फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपालले आयोजना गरीरहेकोे छ ।
फुटवेयर म्यानुुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका अध्यक्ष नानीराजा घिमिरेले स्वदेशी उत्पादित जुत्ताको प्रयोग बढाउन र प्रवद्र्धनका लागि मेलाको आयोजना गरेको बताएका छन् ।
घिमिरेले स्वदेशी उत्पादन प्रयोग गर्दा अहिले बजार बैंकिङ तरलता अभाव तथा अर्थतन्त्रमा नै संकट देखिएको बेला अर्थतन्त्र सुधार गर्न समेत नेपाली उत्पादनले सहयोग पुग्ने र मेलाले उद्योगी व्यवसायीलाई थोरै भएपनि राहत मिल्ने आशा रहेको बताए ।
फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएसन अफ नेपालका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले पछिल्लो समय जुत्ता चप्पल उद्योगी व्यवसायीहरुले धेरै समस्या भोगिरहेकाले आर्थिक रुपमा चलायमान बनाउनको लागि मेलाले सहयो पुग्ने विश्वास ब्यक्त गरे ।
उनले राज्य र उपभोत्ताको चुनावी माहोलमा समेत ध्यान मेलामा होस भनेर व्यापार मेला गरेको पनि बताए । उनका अनुसार ब्यापार मेलामा चुनाब पछी झनै चहल पहल बढेको र ब्यवसायहरुले मेलामा २० देखि ५० प्रतिसत सम्म छुट दिएको बताए ।
मेलामा नेपालमा उत्पादित जुत्ता चप्पल तथा छाला जन्य वस्तुहरु र स्वदेशी तयार गरिएका जुत्ता चप्पल महिला,पुरुष र बालबालिका सबैलाई २० देखि ५० प्रतिशत छुट अफरका साथ ३० भन्दा बढी कम्पनीका जुत्ता एकै छानो मुनी पाइने भएकोले पनि मेलामा मानिषहरुको चहल पहल झनै बढेको छ । यो मेला आगामी जेठ १० सम्म प्रर्दशनी मार्गको भृकुटी मण्डप प्रर्दशनी हलमा चल्ने छ ।
FACEBOOK COMMENTS