काठमाडौं । २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको सुरक्षाका लागि नेपाल प्रहरीका टोली विभिन्न जिल्लातर्फ प्रस्थान गर्न थालेका छन् ।
आइतबार आज महाराजगञ्जस्थित १ नम्बर गणबाट निर्वाचन सुरक्षाका लागि मोरङ, धनकुटा, उदयपुर, संखुवासभा, तेह्रथुम, सिरहा, पर्सा, सप्तरी, सर्लाही, रौतहटलगायत विभिन्न जिल्लामा खटिनका लागि प्रहरीहरूको टोली बिदाइ भएका छन् ।
निर्वाचन सुरक्षार्थ ३ हजारभन्दा बढी प्रहरीलाई पहिलो चरणमा विभिन्न जिल्लामा खटाइएको हो ।



FACEBOOK COMMENTS