काठमाडौं । वैदेशिक रोजगारीका नाममा बेरोजगार युवायुवतीमाथि ठगी धन्दा चलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारपाक सुलिकोट गाउँपालिका–४ गोरखाका २९ वर्षीय राजेश बराम छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले हिजो आइतबार काठमाडौंको सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
बरामले बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीका लागि अल्बानियाँ हुँदै ग्रिस लैजाने भनी विभिन्न व्यक्तिसँग ३७ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।
विभिन्न व्यक्तिसँग पैसा उठाएर उनी फरार रहँदै आएका थिए ।
FACEBOOK COMMENTS