काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गर्नेहरूको नाम तथा विवरण सार्वजनिक गरेको छ ।
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपक कुमार साहको निर्देशन अनुसार विभागले व्यक्तिगत रूपमा ठगी गर्नेहरूको विवरण सार्वजनिक गरेको हो ।
विभागले सार्वजिक गरेको सूची अनुसार २०८२ फागुन १७ गतेदेखि २०८२ चैत १७ गतेसम्म १ महिनाको अवधिमा ठगी गर्ने ३४६ भन्दा बढीको नाम सार्वजनिक भएको छ ।
विभागको अनुसन्धान तथा मुद्दा शाखामा व्यक्तिगत रूपमा ठगी गरेका तथा वैदेशिक रोजगार सम्बन्धी कसूर मुद्दामा जाहेरी परेका प्रतिवादीहरूको सूची सार्वजनिक गरिएको हो ।
