काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमणका क्रममा नयाँ दिल्ली पुगेका छन् ।
नयाँ दिल्लीमा मन्त्री खनाललाई भारतका अतिरिक्त सचिव (नर्थ)मनु महावरले स्वागत गरेका छन् ।
दिल्लीमा मन्त्री खनालले भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जा तथा जनस्तरको सम्बन्धलगायत आपसी हितका विविध विषयमा छलफल हुने जनाइएको छ ।
दुवै पक्षले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने तथा पारस्परिक सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान गर्ने परराष्ट्र मन्त्रलयले बताएको छ ।
मन्त्री खनाल २४ गते स्वदेश फर्किने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनाल भारतको नयाँ दिल्ली प्रस्थान (भिडिओ)