काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग एशिया प्रशान्त अन्तरिक्ष सहकार्य संगठन (एपीएससीओ) की महासचिव डा. जियाङ हुईले शिष्टाचार भेट गरेकी छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल र एपीएससीओबीचको सहकार्य, विशेषगरी अन्तरिक्ष प्रविधि, क्षमता अभिवृद्धि तथा भविष्यमा सहकार्यका सम्भावित क्षेत्रहरूबारे विचार विमर्श भएको मन्त्रालयले जनाएको छ । सो अवसरमा दुवै पक्षले आपसी सहकार्यलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS