काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि माल्दिभ्सकी राजदूत आइशाथ अजीमाले शिष्टाचार भेटवार्ता गरेकी छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा दुवै पक्षबीच नेपाल–माल्दिभ्स सम्बन्धसँग सम्बन्धित आपसी हितका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा समेत विचार आदान– प्रदान भएको बताइएको छ।
FACEBOOK COMMENTS