काठमाडौँ । परराष्ट्रमन्त्री बालानन्द शर्मासँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले आज शिष्टाचार भेटवार्ता गरेका छन् ।
परराष्ट्र मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सम्बन्ध र सहकार्यसँग सम्बन्धित विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीचको सहयोगलाई थप सुदृढ र विस्तार गर्ने विषयमा समेत विचार आदान–प्रदान भएको बताइएको छ।
FACEBOOK COMMENTS