काठमाडौं । परराष्ट्र सचिव सेवा लम्साल यही जेठ १४ देखि १७ गतेसम्म एन्टिगुवा र बारबुडाको राजधानी सेन्ट जोन्समा आयोजना हुने विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्दै छन् ।
संयुक्त राष्ट्रसङ्घको संयोजनमा हुने साना टापु सम्बद्ध विकासशील राष्ट्रहरुको चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै उहाँ त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सम्मेलनको क्रममा उनले अतिकम विकसित देशहरूको समूह (एलडिसी) को लागि विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षको रूपमा समूहको तर्फबाट वक्तव्य दिने कार्यक्रम छ । परराष्ट्र सचिव लम्सालले सम्मेलनको अवसरमा द्विपक्षीय एवं बहुपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको मन्त्रालयले जनाएको छ ।
दिगो विकासमा साना टापु विकासशील देशहरूको प्रगति समीक्षा र नयाँ दशकको लागि कार्य योजना प्रस्ताव गर्ने उद्देश्यका साथ हुने यस किसिमको सम्मेलन हरेक दश वर्षमा हुँदै आएको छ । चौथो सम्मेलन ‘उत्थानशील समृद्धितर्फको मार्गचित्र’ भन्ने नाराका साथ हुँदैछ । सम्मेलनमा ३७ देश सहित २० क्षेत्रीय आयोगका सहयोगी सदस्यको सहभागिता रहने जनाइएको छ । परराष्ट्र सचिव जेठ १९ गते स्वदेश र्फकनेछन् ।
FACEBOOK COMMENTS