काठमाडाैं । चालु आर्थिक वर्ष २०७९/८० काे तेस्राे महिना (कार्तिक) मा विदेशी विनिमय सञ्चितिमा सुधार आएकाे छ । नेपाल राष्ट्र बैंकले जारी गरेकाे तथ्यांक अनुसार कार्तिक महिनाकाे मसान्तसम्म विदेशी विनिमय सञ्चिति १२४६ अर्ब २७ करोड रूपैयाँ पुगेको छ ।
असाेज महिनाकाे मसान्तमा कुल १२४६ अर्ब २२ करोड रूपैयाँ रहेकाे विदेशी विनिमय सञ्चिति एक महिनामा ५ कराेड रूपैयाँले बढेर १२४६ अर्ब २७ करोड रूपैयाँ पुगेकाे हाे ।
अमेरिकी डलरमा भने यस्तो सञ्चिति २०७९ कार्तिक मसान्तमा ९ अर्ब ६३ करोड रहेकाे छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ कार्तिक मसान्तमा १०९१ अर्ब २२ करोड पुगेको छ । त्यसैगरी बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ कार्तिक मसान्तमा १५५ अर्ब ५ करोड रहेको छ । २०७९ कार्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.५ प्रतिशत रहेको राष्ट्र बैंककाे तथ्यांकमा उल्लेख छ ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को ४ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.७ महिनाको वस्तु आयात र ८.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।
२०७९ कार्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ७० प्रतिशत र २२.४ प्रतिशत रहेका छन्। २०७९ असाेज मसान्तमा यी अनुपातहरु अनुपातहरु क्रमशः २५.७ प्रतिशत, ६९.५ प्रतिशत र २२.५ प्रतिशत रहेकाे थियाे।
FACEBOOK COMMENTS