काठमाडौं । पूर्वउर्जामन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई सम्पत्ति शुद्धिकरण मुद्दामा म्याद थपका लागि जिल्ला अदालत काठमाडौमा पेस गरिएको छ । खड्कालाई केहीबेर अघि जिल्ला अदालतमा पेस गरिएको हो ।
पूर्वऊर्जा,जलस्रोत तथा सिँचाइमन्त्री समेत रहेका खड्कालाई नेपाल प्रहरीको सीआईवीले आइतबार बिहान पक्राउ गरेको थियो ।
गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका थिए ।
आगजनीपछि उनको घरमा नेपाली र विदेशी नोट जलेको भिडियोहरू सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।
खड्काको घरमा जलेको अवस्थामा भेटिएको रकमको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ ।

विभागले यसअघि नै खड्काको घरबाट जलेका नोटका केही टुक्रा र वरपरबाट खरानी सङ्कलन समेत गरेको थियो ।

FACEBOOK COMMENTS