काठमाडौं । भारतका वरिष्ठ कांग्रेस नेता तथा पूर्व गृहमन्त्री शिवराज पाटिलको निधन भएको छ ।
समाचार एजेन्सी पीटीआईले पाटिलको ९१ वर्षको उमेरमा निधन भएको जानकारी दिएको छ । महाराष्ट्रका मूल निवासी शिवराज पाटिलले मराठवाडाको लातूरबाट संसद सदस्यको रूपमा सेवा गरेका थिए ।
उनी २००४ देखि २००८ सम्म भारतको गृहमन्त्री थिए भने २००८ मा भारतको मुम्बई आक्रमणको समयमा पनि गृहमन्त्री थिए । उनले गृहमन्त्री, लोकसभाका सभामुख, पञ्जाबका गभर्नरसहित भारत सरकारमा धेरै प्रतिष्ठित पदहरू सम्हालेका थिए ।
FACEBOOK COMMENTS