काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक पक्राउ परेपछि नेपाली कांग्रेसका संस्थापन इतर पक्षका नेताहरू छलफलमा जुटेका छन्।
पार्टीले अहिलेसम्म कुनै धारणा सार्वजनिक नगरेपछि पूर्व सभापति शेरबहादुर देउवानिकट नेताहरू आन्तरिक छलफलमा बसेका हुन्।
छलफलको संयोजक पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेका छन्। छलफलमा डा। शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधिलगायत इतर पक्षका शीर्ष नेताहरू सहभागी छन्। छलफल अहिले पनि जारी रहेको बैठकमा सहभागी एक नेताले बताए।
ती नेताले भने, ‘अहिले हामी छलफलमै छौँ। छलफल सकेर विज्ञप्तिबाट हाम्रो धारणा ल्याउँछौँ। त्यसको तयारी हुँदै छ।’
आज पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री लेखकलाई प्रहरीले पक्राउ गरेको थियो। एमालेले पक्राउको विरोधमा सडक प्रदर्शनमा उत्रिएको भएपनि कांग्रेस अहिलेसम्म बोलेको छैन।

FACEBOOK COMMENTS