विराटनगर । पूर्व राजा ज्ञानेन्द्र शाहले आज विराटनगरस्थित काली मन्दिरको दर्शन गरेका छन् । राजावादी र सुरक्षाकर्मीलाई समेत थाहा नदिई उनी सुटुक्क काली मन्दिरको दर्शनका लागि आएका हुन् ।
उनी काली मन्दिरमा पुग्दा मन्दिर व्यवस्थापन समितिका अध्यक्ष मिनाक्षी नेपालसहित मन्दिरका पुजारीहरू भने मन्दिरमा पुगेका थिए । मन्दिरमा पुगेर पूर्व राजा ज्ञानेन्द्रले मन्दिरमा पूजा आराधना गरेका थिए ।
पूर्वा राजा मन्दिरमा पुगेपछि केही सुरक्षाकर्मी भने मन्दिर परिसरमा पुगेका थिए । पूर्व राजा शाहलाई व्यवस्थापन समितिका अध्यक्ष नेपालले मन्दिरको महत्वका बारेमा बताएकी थिइन् ।
उनी १० मिनेट जति मन्दिरमा बिताएर फर्किएका छन् । पूर्व राजा केही दिनदेखि झापाको दमकस्थित उनको चिया बगानमा बस्दै आएका छन् । चिया बगानबाट बिहान सुटुक्क पूर्व राजा विराटनगर आएका हुन् ।
FACEBOOK COMMENTS