काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो सक्रियतालाई लिएर कोही पनि डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । फागुन २५ गते काठमाडौँमा भएको प्रदर्शनपछि शनिबार गोरखा पुगेका पूर्वराजा शाहले आफ्नो कारण कसैले केही गर्न डराउनु नपर्ने स्पष्ट पारेका हुन् ।
अहिले देशमा शान्ति चाहिएको बताउँदै उनले ‘देशमा विकास होस्, सबै सुखी र समृद्धि हून्’ भन्ने कामना गरे ।
‘अहिले देशमा शान्ति चाहिएको छ । कसैले कसैको कुभलो नचिताओस् भन्ने मेरो कामना छ । कोही पनि केही गर्नलाई डराउनु पर्दैन,’ गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजाअर्चनापछि सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वराजा शाहले भने, ‘देशको शान्ति कायमै होस्, देशमा विकास होस्, सबै सुखी र समृद्धि हून् भन्ने मेरो कामना छ ।’
उनले धेरैपछि आफ्ना पुर्खाको थलो गोरखा भ्रमण र गोरखावासीसँग भेट गर्न पाएकोमा खुसी व्यक्त गरे ।
‘गोरखा आएर मलाई खुसी लाग्यो । आफ्नो जन्मथलो नभए पनि यो हाम्रो पुर्खाको थलो हो,’ उनले भने, ‘गोरखावासीलाई भेट्दाखेरि खुसी लागेको छ । धेरै वर्षपछि गोरखा आएको हुँ ।’
पूर्वराजा शाहलाई गोरखा पुग्दा उनलाई समर्थकहरूले नाराबाजीसहित भव्य स्वागत गरेका थिए । त्यस अवसरमा उनले गोरखाकाली मन्दिरमा पनि पूजाअर्चना गरे ।
उनले मनकामना मन्दिरमा पनि पूजाअर्चना गर्ने कार्यक्रम छ ।
यी पनि पढ्नुहाेस्-
राजा वीरेन्द्रको बंशनाश गर्ने योजना प्रचण्ड र प्रज्वल शमशेरले बनाएका हुन् : दुर्गा प्रसाईं
‘नेपालको व्यवस्था परिवर्तनमा साथ नदिए भारत टुक्रिन्छ, मणिपुर क्रिश्चियन राज्य बन्छ’
FACEBOOK COMMENTS