काठमाडौं । एमाले निकट राष्ट्रिय युवा संघ नेपालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी निवासमा आगजनी कार्यमा आफूहरूको संलग्नता नरहेको बताएको छ ।
युवा संघमा आवद्ध व्यक्तिहरूले भण्डारी निवासमा आगजनी गरेको देखिएको भन्दै विषय बाहिरिएपछि बुधबार एक विज्ञप्ति जारी गर्दै युव संघका प्रवक्ता निरोज पौडेलले आफूहरूको संलग्नता नरहेको बताएका हुन् ।
आगजनी कार्यमा संलग्न भनिएका सोनाम थेवे युवा संघमा कहिल्यै आवद्ध नभएको पनि विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।
FACEBOOK COMMENTS